जबरासँग दोस्रो दिनको बयान सुरु


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
1.8K
SHARES

१६ भदौ काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग दोस्रो दिनको बयान लिन सुरु भएको छ ।

समितिले हिजोदेखि जबरासँग बयान लिन सुरु गरेको थियो । समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा जारी छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो । समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये हिजो पाँच प्रश्नमा सवाल–जवाफ गरिएको छ ।

सवाल–जवाफका क्रममा जबराले आफूले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग पाँचैजना न्यायाधीशलाई महाअभियोग लगाइदिन आग्रह गरेको खुलासा गरेका छन् । उनले ओलीसँग आफूले हात जोडेर संवैधानिक इजलासमा राख्नुपर्ने न्यायाधीशलाई राख्न नसकेको र राख्नुनपर्ने न्यायाधीशलाई राख्नुपरेको जानकारी गराएको पनि बताएका छन् ।

उनले ९९ प्रतिशत जनताका मुद्दामा निष्पक्ष भएर काम गरेको र कुनै कमजोरी नरहेको भन्दै राजनीतिक मुद्दामा भने त्यसो हुन नसेको बताएका छन् । जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।