इँटाभट्टामा जिउँदै व्यक्तिहरुलाई हालेका आलम सर्वसम्मत सिफारिस
१६ भदौ काठमाडौं । जिउँदै व्यक्तिहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा पुर्पक्षको लागि जेलमा रहेका पूर्वमन्त्री मोहम्मद अफताब आलम नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भएका छन् ।
आगामी मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका आलामको नाम रौतहट क्षेत्र नम्बर २ उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस भएको हो। आलम हाल विस्फोटक पदार्थ तथा सामूहिक हत्या अभियोगमा पुर्पक्षका लागि ललितपुरस्थित कारागारमा रहेका छन्।
आलमसँगै कांग्रेस रौतहट २ नम्बर क्षेत्रीय कार्य समितिले अञ्जु झाको नाम पनि महिलातर्फ सिफारिस गरेको छ। आलमको कर्तव्य ज्यानसम्बन्धी मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ।