प्रचण्डको नाम गोरखा – १ बाट सिफारिस


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र १६ २०७९
3.1K
SHARES

१६ भदौं गोरखा। नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द) गोरखाले क्षेत्र नम्बर १ बाट पार्टी अध्यक्ष पुष्प कमल दाहाल `प्रचण्ड´ को नाम उम्मेदवारमा सिफारिस गरेको छ । अध्यक्ष प्रचण्डको नाम प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस गरिएको हो ।

अध्यक्ष प्रचण्डसंगै क्षेत्र नम्बर १ मा नेता हरिराज अधिकारी (कुमार) र नेतृ सुशिला सिंखडाको नाम पनि सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ (क) मा केन्द्रीय सदस्य लेखबहादुर थापा मगर, अमरबहादुर गुरुङ र परशुराम रम्तेलको नाम सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) मा केन्द्रीय सदस्य तथा पार्टीका जिल्ला इन्चार्ज कृष्ण धिताल, पार्टीका गण्डकी प्रदेश समितिका सचिव जगन्नाथ खनाल र गण्डकी प्रदेश समितिका सदस्य धुव्रकुमार भट्टको नाम सिफारिस गरिएको छ ।