गठबन्धनभित्र कुनै पनि असहमति छैन – प्रचण्ड
१७ भदौ सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन दलहरुबीच सिट बाँडफाँटबारे सहमति नजिक पुगेको बताएका छन्।
पार्टीको प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्न आज सुर्खेत आएका अध्यक्ष प्रचण्डले पत्रकाहरुसँग कुराकानी गर्दै सन्तुलन हुने गरी सिट बाँडफाँट गरिने बताएका हुन्।
उनले सिट बाँडफाँटबारे आज पनि बालुवाटारमा छलफल गरिने बताएका छन्। उनले हालसम्म गठबन्धनभित्र कुनै पनि असहमति नभएको बताए। बरु गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा दलहरुबीच छलफल भइरहेको उनले बताए। गएको निर्वाचनमा एमालेसँग तालमेल गर्दा कर्णालीमा केही कुरा छुटेकोले अबको गठबन्धनमा सन्तुलन मिलाउने उनले बताए।