कांग्रेस नेता निधि प्रत्यक्ष चुनाव नलड्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र १७ २०७९
3.7K
SHARES

१७ भदौ काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका निर्वतमान उपसभापति विमलेन्द्र निधिले प्रत्यक्ष चुनाव नलड्ने भएका छन् । निधि धनुषा क्षेत्र नम्बर ३ बाट समानुपातिकमा बस्ने भएका छन् ।

निधिको निर्वाचन क्षेत्र धनुषा ३ मा पर्छ । उनी २०७४ सालको निर्वाचनमा त्यहाँ पराजित भएका थिए । उनी तत्कालीन राजपा र अहिलेका लोसपा वरिष्ठ नेता राजेन्द्र महतोसँग पराजित भएका थिए ।

कांग्रेसका जिल्ला सभापति योगेन्द्र पंजियारले निधिले आफै समानुपातिकमा बस्ने इच्छा जाहेर गरेको बताए ।  “उहाँले म प्रत्यक्ष लड्दिनँ, समानुपातिकमा बस्छु भन्नुभयो,” जिल्ला सभापति पंजियारले भने, “आज ३ बजे क्षेत्रको चुनाव छ । उहाँलाई समानुपातिकबाट पहिलो नम्बरमा सिफारिस गर्छौँ ।”