गठबन्धनमा सिट बाँडफाँट बारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया , अब के हुन्छ ?
१८ भदौ विराटनगर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपाली काँग्रेस नेतृत्वमा देखिएको अहंकारका कारण सिट बाँडफाँट टुंगो नलागेको बताएका छन्।
विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा उनले काँग्रेसको अहंकार आगामी निर्वाचनको बाधकको रुपमा देखा पर्न थालेको बताए।
अघिल्लो निर्वाचनमा २३ सिट मात्रै जितेको काँग्रेसले अब त्यसको तीन गुणासम्म मात्र दाबी गर्न सक्नेमा जोड दिए। उनले भने, ‘काँग्रेसले अब ६९ सिट लिँदा हुन्छ, त्यसमा थपिदिउ एउटा सिट, जसले ७० सिट हुन्छ। हामी ७० भन्दैछौं, उहाँहरू १ सय भन्दै हुनुहुन्छ, मिलाउने गाह्रो छ।’
सहमतिका लागि पटक-पटक प्रयास भएपनि सहमतिको सम्भावना क्षीण हुँदै गएको अध्यक्ष नेपालले बताए। उनले भने, ‘बालुवाटारमा बालुवा पेलेको पेलै छौं। तर, तेल निस्किएको छैन।’