एमालेले चुनावी प्रक्षेपण सार्वजनिक गर्यो, यी जिल्लामा जित्ने


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १८ २०७९
4K
SHARES

१८ भदौ काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरेको छ ।कञ्चनपुरको सभालाई सम्बोधन गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १५० सिट जित्ने दाबी गरे ।

एमाले अध्यक्ष ओलीले आन्तरिक मत विश्लेषणको आधारमा नै दाबी गरेको नेताहरु बताउँछन् ।

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा र त्यसपछि एमालेको पक्षमा देखिएको जनलहरका आधारमा पनि अहिलेको सत्ता गठबन्धनसँग प्रतिष्पर्धा गर्दा ३८ सिटमा जित निश्चित भएको एमालेको दाबी छ ।

स्थानीय तहको मत विश्लेषण गर्दा एमालेसँग अरु पार्टीभन्दा ३८ निर्वाचन क्षेत्रमा बढी मत रहेको दाबी छ ।

एमालेले निर्वाचन क्षेत्रमा आफू अघि रहेको क्षेत्रमा जित्ने दाबी गरेको छ ।

जसमा ताप्लेजुङ १, धनकुटा १, तेह्रथुम १, इलाम १, इलाम २, उदयपुर २, सुनसरी १, सुनसरी ३, झापा १, झापा २, झापा ४, झापा ५, काभ्रेपलाञ्चोक २ मा निश्चित रहेको ठहर गरेको छ ।

चितवन १, चितवन २, काठमाडौं २, काठमाडौं ४, काठमाडौं ५, काठमाडौं ९, लम्जुङ १, मनाङ १, मुस्ताङ १, पर्वत १ मा एमालेले सुरक्षित देखेको छ ।

बाग्लुङ १, बाग्लुङ २, नवलपरासी (पूर्व) २, कास्की २, कास्की ३, अर्घाखाँची १, प्युठान १, गुल्मी १, गुल्मी २, पाल्पा १, पाल्पा २, दाङ २, बझाङ १, बाजुरा १ र दार्चुला १ मा पनि आफ्ना उमेदवार विजयी हुने एमालेको दाबी छ ।