माधव नेपालको नाम रौतहटको दुई निर्वाचन क्षेत्रबाट सिफारिस


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.8K
SHARES

१९ भदौ रौतहट। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नाम रौतहटका २ वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ। उनको नाम क्षेत्र नम्बर १ र ४ बाट सिफारिस भएको हो।

एकीकृत समाजवादीको रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय समितिको बैठकबाट अध्यक्ष नेपाललाई प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरिएको छ। प्रदेश सभा सदस्यका लागि इन्दु झा, प्रेमनारायण साह तेली, डा. सोहैव तैयव, विक्रान्तविक्रम नेपाल, राजेन्द्र साह र शिवजीप्रसाद रायको नाम सिफारिस भएका हुन्।

यस्तै जयमंगल प्रसाद यादव, बजरंगी यादव, हरेकृष्ण प्रसाद यादवको नाम पनि सिफारिस भएको छ। रौतहट क्षेत्र नं. १ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समानुपातिकसहित ४९ जनाको नाम सिफारिश गरिएको छ।

त्यस्तै, रौतहट क्षेत्र ४ बाट प्रतिनिधिसभा सदस्यका लागि अध्यक्ष नेपालसहित र रामकुमार भट्टराईको नाम पनि सिफारिश भएको छ। प्रदेश सभाका लागि क्षेत्र नम्बर ४ को (क) बाट महेन्द्र चौलागाईं, बालकृष्ण श्रेष्ठ, बाबुराम दहाल, लक्ष्मण रेग्म, अमर आले, मदन सापकोटा, विनोद चौधरी, कृष्ण खडका, प्रभाष विक्रम खाण र कृष्ण चन्द्र पोखरेलको नाम सिफारिश भएको छ। रौतहट ४ (ख) बाट शेख कलिमुलाह, रामजी साह, राजिन्द्र राम, मोहम्मद अजरुदिन, शेख सतार अहमद, पंकजकुमार जयसवाल, धर्मेन्द्र पटेल र लखिन्द्र प्रसाद साहको नाम सिफारिश भएको छ।