महाअभियोग समितिको बैठक सर्‍यो


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.7K
SHARES

१९ भदौ काठमाडौं। महाअभियोग सिफारिस समितिको बैठक २५ भदौमा बस्ने भएको छ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समितिले आज पाँचवटा प्रश्न सोधेको थियो। आजको बैठक एक घण्टा बसेको थियो। एक घण्टामा पाँच प्रश्न सोधिएको थियो।

निर्वाचनको तयारीका लागि दलका नेताहरू जिल्ला जिल्लामा जानुपर्ने भएकोले बैठक ६ दिन पर सारिएको समिति सदस्य मीन विश्वकर्माले जानकारी दिए। आजको बैठकमा समिति सदस्यहरूले जबरासँग पूर्वडीआइजी रञ्जन कोइरालाबारे प्रश्न सोधेका थिए।