गच्छदार र अफताव आलमको उमेदवारी सिफारिस रोक्न सकिँदैन – प्रवक्ता महत


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
1.7K
SHARES

१९ भदौ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उमेदवारी सिफारिस रोक्न नसकिने बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न नहुने बताए । “गच्छदारजीको भ्रष्टाचार होइन, मन्त्रीस्तरको निर्णयबाट होइन, त्यो मन्त्री परिषद्को निर्णय हो । प्रस्ताव उहाँले लगेको हो । माधव नेपाल प्रधानमन्त्री हुनुहुन्थ्यो, क्याबिनेटले निर्णय भएको हो,” उनले भने, “गच्छदारमाथि आरोप लागेको छ । आलमजीको पनि मुद्दा अदालतमा छ । फैसला नहुन्जेल हामीले यसै हो भनेर कार्यकर्तालाई उमेदवारी सिफारिस गर्नबाट रोक्न सकिँदैन । अहिले भएको त्यही हो । विचाराधीन मुद्दामा निष्कर्ष निकालेर यसै हो भन्न हुँदैन ।”

उनले सत्ता गठबन्धनभित्र भागबन्डा टुंगो नलागेसम्म टिकट वितरण नहुने समेत बताए ।