देशमा सुशासन कायम नभए मुलुक श्रीलंका बन्छ – वरिष्ठ नेता पौडेल
Capital Headline
प्रकाशित मिति :
आइतबार, भाद्र १९ २०७९
2.9K
SHARES
१९ भदौ काठमाडौं। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा सुशासन दिन नसके नेपाल पनि श्रीलंका सरह हुने दाबी गरेका छन् । आइतबार नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले देशमा राजनीतिक स्थिरताको अभाव रहेको बताउँदै देशको अर्थतन्त्र कसरी अघि बढाउने, सुशासन कसरी कायम गर्ने भन्ने बारेमा स्थायी सरकारको विशेष भूमिका रहने उल्लेख गरे । वरिष्ठ नेता पौडेलले मुलुकमा सुशासन कायम गर्न नसके मुलुकलाई आर्थिक रूपमा बलियो बनाउन नसक्ने बताए । उनले संविधानलाई कार्यान्वयनमा ल्याउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । व्यवस्थालाई पटकपटक बदलेर नेपाललाई प्रयोगको थलो बनाउन नसकिने भन्दै देशमा स्थिरता कायम गर्नुपर्ने बताए । संविधानलाई कार्यान्वयनमा ल्याउँदा सबै वर्गको हितको सुरक्षा हुने गरेर ल्याउनुपर्ने बताए ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट