गोरखा–२ बाट चक्रे मिलन सांसदका लागि सिफारिस


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
2.9K
SHARES

१९ भदौ पोखरा । नेकपा (एमाले)को क्षेत्रीय कमिटीले विवादित छविका व्यक्ति मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ । आसन्न निर्वाचनका लागि उनको नाम सिफारिस गरिएको हो ।

एमालेको गोरखा–२ कमिटीले गुण्डानाइके भनेर चिनिएका गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो । गोरखा–२ को प्रतिनिधिसभा निर्वाचन संयोजन कमिटीका अध्यक्ष देवीबहादुर बस्नेतले गुरुङको नाम सिफारिस गरिएको जानकारी दिए ।

उनका अनुसार गुरुङसँगै दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम सिफारिस गरिएको छ । सिफारिस गरिएको नाम सोमबार (भोलि) जिल्ला कमिटीमा पठाइने उनले बताए ।