सुरक्षागार्डबारे विवाद : यस्तो रहेछ वास्तविकता


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १९ २०७९
2.1K
SHARES

१८ भदौ काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले लाइनमा बस्न भन्दा पक्राउ गरिएको भनेर गलत प्रचार गरिएको बताएका छन् ।

आइतबार बिहान छायाँ सेन्टरमा सुरक्षागार्ड शेरजन गुरुङलाई मन्त्रीलाई लाइनमा बस् भन्दा भन्दै पक्राउ गरिएको भन्दै गलत प्रचार गरिएको बताए ।

उनले उक्त घटनाबारे  कुरामा उनलाई आफूले पत्राचार गरेर पक्रन लगाएको समेत गलत भएको बताए ।

भएको के हो ? उनको जवाफ जस्ताको तस्तै :
क्यानडाको भिसा रिसिभका लागि ९ बजेको समय दिइएको थियो । त्यसअनुसार छायाँ सेन्टरमा पुगेँ । मसँग सेक्युरेटी गार्ड, आर्मी र पुलिसको पीएसो पनि थिए । तलको सेक्युरेटीले नर्मल प्रक्रिया अनुसार भर्‍याङबाटमाथि पठायो । माथि गइसकेपछि माथि दुई तीन जना मान्छे थिए । हामी त्यहाँ पुग्दा अघि एक जना मात्र बाँकी थिए । मभन्दा अघि मेरो मिसेस हुनुहुन्थ्यो । त्यसपछि म थिएँ । थर्मल गर्न लाइनमा बसेको थिएँ । उदण्ड ढंगले ठेलठाल गर्न आए । मेरो पीएसओले मन्त्री भन्दा मन्त्री सन्त्री मतलब छैन मलाई भने । उनले स्वभाव देखाए । ढेलढाल गर्दा मैले मन्त्री हो भनेँ । उनले ‘आई नो’ भने । उल्टै आर्मीको मान्छे हो भन्दै परिचय पत्र लिएर पीएसओलाई घोच्दै आए । 

त्यसपछि रुल अनुसार उनलाई लिएर गएको हो । देशको मन्त्रीलाई दिएको सुरक्षाकर्मीले उजुरी गरेपछि हाई प्रायोरिटीमा पर्नु स्वाभाविक भयो । त्यहाँ मन्त्रीलाई त त्यस्तो व्यवहार गर्छन् भने साधारण मान्छेलाई त भेडाबाख्रै ठान्ने भए नि ! भीआईपीलाई सबै देशमा एउटा व्यवस्था त हुन्छ ।  लाइनमा बस भन्दा पक्राउ परे भने गलत प्रचार गरियो । बग्याएर प्रचार गरियो ।  त्यस्तो होइन ।