सिट बाँडफाँट आज टुंगो लगाउने कार्यदलको दाबी


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र २१ २०७९
1.9K
SHARES

२१ भदौ काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलले आज सहमति जुटाउने दाबी गरेको छ । हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले जसरी पनि सिट बाँडफाँट टुंगो लगाउने कार्यदलको दाबी छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

“शीर्ष तहबाट जुन जिम्मेवारी कार्यदललाई दिइएको छ, त्यसअनुसार हामीले सरसरती १६५ निर्वाचन क्षेत्रमा कसको के पोजिसन छ, त्यसबारे छलफल गरेका छौँ । भोलि फेरि हामी त्यो छलफललाई निरन्तरता दिँदै बैठक बस्छौँ,” सोमबारको बैठकपछि कार्कीले भने, “हामीलाई दिएको जिम्मेवारी छ, त्यो जिम्मेवारीलाई पूर्ण वहन गरेर नेतृत्वलाई प्रतिवेदन बुझाउने सहमतिका साथ आज उठेका छौँ । १६५ सिटमा नै आज मुलरूपमा गृहकार्य भयो ।”