न कैले हामी आत्तिएका छौं , न कैले मात्तिने छौं – संयोजक कार्की
२३ भदौ काठमाडौ । नेकपा माओवादी केन्द्र निकट अखिल ( क्रान्तिकारी) का संयोजक पवन कार्कीले आफुहरू विधिको पक्षमा र संस्थागत निर्णय गर्दै संस्थापन बन्दैछौ भनेका छन ।
उनले आफ्नो फेसबुकमा यस्तो लेखेका छन – क्रान्तिकारी संगठनको पुनर्गठन गरि विद्यार्थी आन्दोलन लाई पुनर्जीवन प्रदान गर्न हामी निरन्तर संघर्षमा छौं ।
विधि र बिधान सम्मत चल्ने बैधानिक संगठन तयार गर्दैछौं !
संस्थागत निर्णय गर्ने संस्थापन बन्दैछौं हामी !!
समाजवादी शिक्षा प्राप्तिको शैक्षिक एजेन्डा बोक्ने
वास्तविक विद्यार्थीहरुको क्रान्तिकारी संगठन तयार गर्दैछौं हामी ।
माओवादी नीति र नेतृत्वको रक्षा गर्ने रिभोलुसनरी फोर्स तयार गर्दैछौं हामी !
न कैले हामी आत्तिएका छौं ! न कैले मात्तिने छौं !!
हामि त केवल संघर्ष द्वारा खारिदै छौं !
अझ बढी संघर्ष गर्ने अठोट गर्दैछौं !!