निर्वाचनको तयारीमा लाग्न ओलीको निर्देशन
२७ भदौ जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनको तयारीमा लाग्न बुद्धिजीवी संगठनलाई निर्देशन दिएको छ । सोमबार पार्टी निकट बुद्धिजिवी परिषद्को मधेस प्रदेश प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
महोत्तरीमा आधारभूत विद्यालय बनाउने उनले घोषणा गरे । शिक्षा क्षेत्रमा पछाडि पारिएको मधेस प्रदेशलाई उठाउन हरेक व्यक्तिले आफ्नो आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्नेमा उनको जोड छ । मधेसको साक्षरता दर निकै कम रहेको भन्दै उनले भने, “हरेक व्यक्तिले केही न केही गरे समाज सुधार हुन्छ । शिक्षकले पनि यस ठाउँलाई उठाउन ऐच्छिक कक्षा लिनु पर्छ ।”
मंसिर ४ गते जनहित र लोकहितको पक्षमा मतदान गर्न अनुरोध गरेका ओलीले अब एमाले सरकार नबने देश बर्बाद हुने जिकिर गरे । मधेसी पहिरनमा लामो समयपछि जनकपुरधाममा सार्वजनिक कार्यक्रममा आएका ओली मधेस विकासमा आफू केन्द्रित हुने जिकिर गरे ।