प्रचण्डसँग अमेरिकी राजदूत बेरीको बिदाइ भेट


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २९ २०७९
4.7K
SHARES

२९ भदौ काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेटवार्ता गरेका छन्।

खुमलटारस्थित अध्यक्ष निवासमा आज बिहान भएको भेटवार्तामा अमेरिका र नेपालबीचको दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो। सो क्रममा अध्यक्ष प्रचण्डले राजदूत बेरीलाई सफल कार्यकालका लागि बधाई ज्ञापन गरे ।

नेपालका लागि अमेरिकी राजदूतमा डीन थम्पसन सिफारिस भइसकेका छन्। राष्ट्रपति जो वाइडेनले अमेरिकी विदेश मन्त्रालयमा दक्षिण र मध्य एसिया हेर्दै आएका थम्पसनलाई नेपालको नयाँ राजदूतमा प्रस्ताव गरेको ह्वाइट हाउसले जनाएको छ। उनी एसियाली मामिलाका विज्ञ समेत हुन्।

थम्पसन अनुभवी अमेरिकी कूटनीतिज्ञ हुन्। उनी रक्षा मामिलाका जानकार हुन्। नेपालका लागि अमेरिकीको राजदूत र्‍याण्डी बेरीको गत वर्ष नै कार्यकाल सकिए पनि एमसीसी अनुमोदन गर्न थप पहलकदमी गर्नुपर्ने भएकाले उनको म्याद थपिएको थियो।