प्रत्यक्षको सिट बॉडफॉट बारे यस्तो भयो नेताहरुबीच सहमति
२९ भदौ काठमाडौं । सिट बॉडफॉटबारे सहमति जुटाउन मंगलबार बसेको सत्तारुढगठबन्धनको बैठक पनि असफल भएको छ । प्रतिनिधिसभाको १ सय ६५निर्वाचन क्षेत्रमा सिट बॉडफॉटमा कुरा नमिलेपछि गठबन्धनका दललेसमानुपातिकतर्फका उम्मेदवार टुंगो लगाएपछि मात्र थप छलफल गर्ने सहमतिगरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सत्तारुढ गठबन्धनका दलहरुको संयुक्त र द्विपक्षीय बैठक बसेको थियो । कांग्रेसले १ सय, माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गर्दै आएका छन् ।
कांग्रेसको विद्रोही शेखर कोइराला समूहले १ सय सिटभन्दा तल झरेर गठबन्धनमा सहमति नगर्न सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिंदै आएका छन् ।