फर्किए चिनियाँ जनकंग्रेस अध्यक्ष ली


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र ३० २०७९
2.7K
SHARES

३० भदौ काठमाडौँ । चिनियाँ जनकंग्रेस अध्यक्ष ली चान्सु नेपालको चार दिने भ्रमण सकेर बिहीबार बिहान स्वेदश फर्किएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आएका अध्यक्ष लीले यस दौरान दुई मुलुकबीच अन्तरसंसदीय सहयोगसम्बन्धी समझदारी गरे ।लीलाई सभामुख सापकोटाले बिहीबार बिहान ८: ५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेका थिए ।