एमाले संसदीय दलको ‘अन्तिम’ बैठक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
2K
SHARES

३१ भदौ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को संसदीय दलको अन्तिम बैठक बसेको छ । शुक्रबार बिहान यो संसद्को अन्तिम बैठक बसेको एमाले सांसद कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुको बिदाइ गर्दै अब निर्वाचनका लागि गाउँगाउँमा जान निर्देशन दिए ।  बैठकपछि सांसदहरुले सामूहिक तस्बिर लिएका थिए ।