प्रतिनिधिसभाबाट यी तीन विधेयक पारित


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र ३१ २०७९
1.8K
SHARES

 

३१ भदौ काठमाडौं । प्रतिनिधिसभा बैठकले विभिन्न तीन विधेयक पारित गरेको छ। शुक्रबार बसेको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको हो।

सो विधेयक पारितपछि सभामुख अग्नि सापकोटाले शनिवार दिउँसो १ बजे पुनः बस्नेगरी बैठक सकिएको घोषणा गरे । भोलिको बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ। भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिनेछ।