प्रचण्डले माओवादीका लागि यी सिट नछाड्ने (सूचीसहित)


Capital Headline
प्रकाशित मिति : शनिबार, असोज १ २०७९
5K
SHARES

१ असोज काठमाडौ । नेकपा माओवादी केन्द्रले २०७४ मा जितेका सबैजसो ३६ सिट नछाड्ने अडान लिएको छ । उसले जितेका सिटमध्ये एक या दुईबाहेक कुनैमा पनि लचिलो नहुने अडान सत्ता गठबन्धनको बैठकमा स्पष्ट पारेको बुझिएको छ ।

माओवादीले विगतमा जितेका र फेरि जित पक्का ठानेको ठाउँहरुमा नछाड्ने गरी अध्यक्ष प्रचण्डले नै अडान लिएको बुझिएको छ । विशेषगरी माओवादीको आधार क्षेत्र मानिएको र तराईका कतिपय सिटहरुमा माओवादीको दरिलो अडान रहेको छ ।माओवादी अध्यक्ष प्रचण्ड जितेको चितवन ३, वर्षमान पुन जितेको रोल्पा, जर्नादन शर्मा जितेको रुकुम पश्चिम, गिरिराजमणि पोखरेल जितेको महोत्तरी १ पनि कुनै हालतमा नछाड्ने भएको छ ।

माओवादीको बलियो पकड रहेको जाजरकोट, हुम्ला, सल्यान जुम्ला भोजपुरलगायतका क्षेत्र पनि नछाड्ने भएको हो ।माओवादीले पम्फा भुसाल जितेको ललितपुर ३ र देव गुरुङ्गले जितेको लमजुङको क्षेत्र पनि नछाड्ने भएको हो ।

माओवादीले नछाड्ने अडान लिएको क्षेत्रहरु मोरङ ४ पूर्वी रुकुम दाङ २ जुम्ला महोत्तरी १ काभ्रे १ कपिलवस्तु १ रुकुम पश्चिमसल्यान कालिकोट लमजुङ्ग बाग्लुङ्ग २ ललितपुर ३ चितवन ३ रोल्पा कञ्चनपुर १बाँके १ धनुषा १ सर्लाही ३ जाजरकोट मोरङ ५ रामेछाप बर्दिया ३ भोजपुर झापा १ उदयपुर २सिराहा २ गोरखा १ गोरखा २ सिन्धुली २नुवाकोट १ सोलुखुम्बु अर्घाखाँची कैलाली ४।