मलाई सरकारले तालाबन्दी गरिदियो – निलम्बित प्रधानन्यायाधीश जबरा


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
1.7K
SHARES

२ असोज काठमाडौं । सरकारले निलम्बित अवस्थामा रहेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको निवासमा प्रहरी तैनाथ गरेको छ । निवासमा प्रवेश गर्ने र बाहिरिनेलाई पनि सामान्य सोधपुछ गरिएको बताइएको छ ।सर्वोच्च जाने तयारीमा रहेका राणालाई गेटमै रोक्ने तयारी गरिएको उनी निकट एक अधिकारीले बताए ।

११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ, सरकारले नै गेटमा तालाबन्दी गरिदियो : चोलेन्द्र
राणाले आइतबार नै  कुरा गर्दै सरकारले गेटमा तालाबन्दी गरिदिएका कारण अदालत जान नपाएको प्रतिक्रिया दिएका छन् ।

“म आज ११ बजे सर्वोच्च पुग्ने तयारीमा थिएँ र त्यसअनुसार तयार पनि थिएँ,” उनको भनाई थियो, “तर सरकारले गेटमा तालाबन्दी गरिदिएको छ ।” उनले निवासमा तालाबन्दी गरिदिएकाले सर्वोच्च जान नपाएको बताए । तर सरकारले प्रहरीको संख्या बढाए पनि तालाबन्दी भने गरेको छैन ।