यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.2K
SHARES

२ असोज काठमाडौं । सरकारले २०७७/७/२७ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय खारेज गरेको छ ।

भदौ ३१ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ०७७ कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डययन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय खारेज गरेको हो ।उनकाअनुसार बैठकले उक्त जग्गा प्राप्त नगर्ने निर्णय गरेको छ ।

उनले सार्वजनिक संस्थान सुझाव समिति गठन अवधारणा पत्र २०७९ स्वीकृत गर्ने र संस्थान सुझाव सम्बन्धी समिति गठन गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्ष पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत सहसचिव कालीप्रसाद पराजुलीलाई तोक्ने निर्णय गरेको जानकारी दिए । त्यस्तै कात्तिक १ देखि ४ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने इन्टरपोलको ९० औँ महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भीक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको उनले बताए ।