जबरामाथि लागेको महाभियोग समाप्त भयो – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २ २०७९
2.2K
SHARES

२ असोज काठमाडौँ ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोग संसद् समाप्त भएसँगै सकिएको बताएका छन् ।

सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धनले महाभियोग प्रस्तावमा विलम्ब गरेर सफाइ दिएको टिप्पणी गरे ।