राष्ट्रपतिले राजीनामा दिनुपर्छ – पूर्वराष्ट्रपति यादव
Capital Headline
प्रकाशित मिति :
बुधबार, असोज ५ २०७९
1.6K
SHARES
५ असोज काठमाडौ । पूर्वराष्ट्रपति रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजीनामा दिन सुझाएका छन्।
पूर्वराष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले संविधानको उल्लंघन गरेकाले अबको बाटो राजीनामा मात्रै भएको बताएका हुन्। ‘संविधानको संरक्षक उहाँले संविधानको उल्लंघन गर्नुभयो।
प्रतिनिधिसभामा बहुमतले पारित गरेको विधेयक रोक्ने अधिकार उहाँलाई छैन’, उनले भने, ‘दोस्रो पटक प्रमाणीकरणका निम्ति पुगेको विधेयक उहाँले रोक्न मिल्दैन। उहाँले संविधान क्रस गर्नुभयो अब सहजताका निम्ति राजीनामा दिनुपर्छ।’
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट