गठबन्धनको बैठक जारी , यसरी हुदै छ सहमति


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ५ २०७९
2.3K
SHARES

५ असोज काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। दुवै सदनले पारित गरेर पठाएको विधेयक दोस्रो पटक पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि राष्ट्रपतिको कदमबारे छलफल गर्न बसेको बैठक बसेको हो।

संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिबाट स्वतः प्रमाणीकरण हुनुपर्ने विषयलाई सबै कोणबाट विश्लेषण गरेर निश्कर्षमा पुगिने सहभागी एक जना नेताले बताए।

त्यसैगरी आगामी निर्वाचनको निम्ति सत्तारुढ दलहरुबीच हुन नसकेको सीट बाँडफाँडको विषयलाई अन्तिम टुङ्गो लगाउनेबारे पनि निर्णायक छलफल हुने बुझिएको छ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालको सहभागिता छ।

त्यसैगरी,जसपा अध्यक्ष उपेन्द्र यादव,नेपाली कांग्रेस नेताहरु रामचन्द्र पौडेल,पूर्णबहादुर खड्का,राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल,हिमलाल पुरी,सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतको उपस्थिति रहेको छ।