राष्ट्रपतिको कदम गलत हो – वरिष्ठ उपाध्यक्ष श्रेष्ठ
५ असोज काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको कदम संविधान विपरीत रहेको टिप्पणी गरेका छन्। संसदका दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण नगर्ने कदम गलत भएको उनले बताएका छन्।
नागरिकता विधेयकको प्रक्रिया र अन्तर्निहित मुद्दाहरूका सम्बन्धमा राष्ट्रपतिले सरोकार देखाएको विचारसँग आफ्नो सहमति रहे पनि संविधान उलंघन गर्ने छुट राष्ट्रपतिलाई नरहेको उनले बताए। बुधबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम हो भने।
उनले लेखेका छन्, ‘नागरिकता विधेयकको प्रक्रिया र अन्तर्निहित मुद्दाहरूका सम्बन्धमा राष्ट्रपतिज्यूले सरोकार देखाउनु भएका कतिपय बिचारहरूसँग हाम्रो सहमति छ। तर राष्ट्रपतिलाई संविधानको उलंघन गर्ने छुट भने हुन सक्दैन। तसर्थ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणित नगर्नु संविधान विपरीतको गलत कदम हो।’