राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति


Capital Headline
प्रकाशित मिति : सोमबार, असोज १० २०७९
2.6K
SHARES

१० असोज काठमाडौ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।