निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज ११ २०७९
1.9K
SHARES

११ असोज काठमाडौं । आशन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आचारसंहिता आजैबाट लगाउने तयारी भएको छ ।  निर्वाचन आयोगले आजैबाट निर्वाचन आचारसंहिता लगाउने तयारी गरिएको जनाएको छ ।

“आयोगले निर्णय गरिसकेको छैन । तर, आचारसंहिता  लागु गर्ने तयारी भइरहेको छ, ” आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

निर्वाचन खर्चसीमाबारे दलहरूको छलफलमा आचारसंहिताबारे पनि उठाएका कुरा हेरेर आयोगले निर्णय गर्ने स्रोतले बताएको छ । राजनीतिक दलहलाई खर्च सीमाबारे छलफल गर्न आयोगले आज बोलाएको छ ।