माओवादी केन्द्रले समानुपातिकको बन्द सूचीबाट हटायो महराको नाम
१७ असोज काठमाडौ ।नेकपा माओवादी केन्द्रले पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ।
आइतबार मध्यरातमा माओवादी केन्द्रले बुझाएको अन्तिम बन्दसूचीमा महराको नाम हटाएको हो। महरा आफैंले नाम हटाउन लगाएको स्रोतले बतायो। उनी २०७४ सालमा दाङबाट निर्वाचित भएका थिए।
माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उनले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसकेका छन्।
उनले अवसर पनि पर्याप्त पाएका छन्। ६ पटक मन्त्री र एकपटक सभामुख भएका महराले जति अवसर माओवादीमा मात्र होइन, अरू पार्टीका नेताले समेत विरलै पाएका छन्।
महराकी छोरी प्रगति महरा भने लुम्बिनी प्रदेश सभाका लागि समानुपातिक सांसद सिफारिस भएकी छन्।
महराले माओवादी केन्द्रको सांस्कृतिकका मोर्चामा लामो समय काम गरेकी थिइन्। उनी ‘जनयुद्ध’मा समेत भूमिगत थिइन्। महराका दुई छोराछोरीसहित सिंगो परिवार ‘जनयुद्ध’मा भूमिगत भएको थियो।
उनी २०६३/०६४ सालको अन्तरिम संसदमा समेत थिए। उनी २०४८ र २०७० सालमा रोल्पा र २०६४ दाङबाट निर्वाचित भएका थिए।