राष्ट्रपति भण्डारीद्वारा नवदुर्गा देवीको पूजाआराधना


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज १८ २०७९
3.4K
SHARES

१८ असोज काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँकाे नवौँ दिन महानवमीमा नव दुर्गादेवीको पूजा आराधाना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शीतल निवासमा बोलाएर वैदिक विधिअनुसार नेपाल बाल मन्दिरका नौ जना कन्याहरूलाई दक्षिणसहित टीका लगाएर नवदुर्गा देवीको पूजा आराधना गरेकी हुन् ।

यसैक्रममा उनले ती कन्याहरूलाई लत्ताकपडा समेत उपहार दिएकी छन् । कन्याहरूलाई दुबोले गोडा धुनेक्रममा राष्ट्रपति भण्डारीले बेलुका सुत्नुअघि सधैं खुट्टा धोएर सुत्नु पनि आग्रह गरिन् ।

त्यस अवसरमा ‘रातो टीका निधारमा…’ र ‘फेरी कहाँ आउँछ घुमेर बालपनको उमेर’ बोलको गीतमा कन्याहरूले सामूहिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रपति भण्डारीले त्यसलाई रुचिपूर्वक अवलोकन गरेकी थिइन्। कार्यक्रममा राष्ट्रपति भण्डारीले ती कन्याहरूसँग सामूहिक तस्बिरसमेत खिचाएकी थिइन् ।

उनले गतवर्ष पनि बडा दसैँको महानवमीको दिन नौ जना कन्याहरूलाई बोलाएर नवदुर्गा देवीको पूजा आराधना गरेकी थिइन् ।

भोलि (बुधबार) बडा दसैँकाे दशौँ दिन विजया दशमी पर्व मनाईदैछ । यस बर्ष बडा दसैँको टीकाको साइत बिहान ११ बजेर ५१ मिनेटमा छ ।