प्रचण्डले लगाएनन् दसैँको टीका


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १९ २०७९
3.5K
SHARES

१९ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष पनि दसैँको टीका लगाएनन् । बुधबार परिवारका सबै सदस्यहरूले टीका लगाएपनि प्रचण्डले लगाएका छैनन् ।

प्रचण्डकी छोरी गंगा दाहालले सामाजिक सञ्जालमा सार्वजनिक गरेको फोटोहरूमा प्रचण्डले टीका लगाएका छैनन् ।

प्रचण्डकी छोरीहरू रेणु दाहाल र गंगा दाहाल, बुहारी बिना मगरसहित परिवारका अन्य सदस्यले भने जमरा र रातो टीका लगाएका छन् ।

जनयुद्धमा होमिएपछि प्रचण्डसहित तत्कालीन माओवादी नेताहरूले दसैँसहितका चाडबाड बहिष्कार नै गरेका थिए ।पछिल्ला वर्षहरूमा प्रचण्डको परिवारका सदस्यले दसैँको टीका लगाउने गरेका छन् ।