यस कारण ओलीले टिकटमा रोके – नेता रावल


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
1.9K
SHARES

२७ असोज काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले पार्टीका कमिटीबाट एकल सिफारिसमा परे पनि आफूलाई उमेदवारीको टिकट नदिइनु स्वेच्छाचारी भएको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले आफू अछाम क्षेत्र नम्बर–१ बाट एकल सिफारिसमा परे पनि पार्टीमा योगदान नै नगरेको व्यक्तिलाई उमेदवार बनाइएको आरोप लगाए ।

“मेरो उमेदवारीबारे कुनै छलफल नै नगरी अध्यक्षले एमालेका निम्ति एक योगदान नै नभएका व्यक्तिलाई टिकट दिइयो । प्रथम दृष्टिमा नै स्वेच्छारी र अन्यायपूर्ण छ,” उनले भने । आफूलाई हराउन नसक्ने जानकारी पाएपछि अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएको आरोप समेत उनले लगाए ।