एमाले नछाड्ने भीम रावलको घोषणा


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज २७ २०७९
2.6K
SHARES

२७ असोज काठमाडौं। नेकपा एमालका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर चुनावमा टिकट पाउन नसकेका नेता रावलले पार्टी नछोड्ने घोषणा गरेका हुन्।

उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा समेत गरे। उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए।