राजु गुरुङको रिट न्यायाधीश श्रेष्ठको इजलासमा


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज ३० २०७९
1.9K
SHARES

३० असोज काठमाडौं । उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगेका नेकपा एकीकृत समाजवादीका नेता राजु गुरुङको रिट पेशी तोकिएको छ। यसअघि शुक्रबार पेशी तोके पनि सुनुवाइ हुन सकेको थिएन। आइतबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको छ। दोश्रो नम्बरमै पेशी तोकिएकाले सुनुवाइका संभावना बलियो छ।

सत्ता गठबन्धनबाट रुपन्दे.ही क्षेत्र नं २ मा उम्म्ेदवार बनेका गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको थियो। बैंकिङ कसुरमा दोषि ठहर हुँदै कालोसूचीमा रहेकाले उनको उम्मेदवारी खारेज थियो। यो क्षेत्रबाट नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्। गुरुङको उम्मेदवारी खारेज भएसँगै उनलाई सहज भएको छ।