राति २ बजे राष्ट्रपति भण्डारीलाई उठाएर संसद भंग गरियो – प्रधानमन्त्री देउवा


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १ २०७९
2.3K
SHARES

१ कार्तिक काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राति २ बजे उठाएर समेत संसद भंग गरेको टिप्पणी गरेका छन्। ललितपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी कार्यक्रमलाई संम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले जनताले चुनेको संसदलाई मनपरी ढंगले भंग गरेको बताए। ‘राति २ बजे राष्ट्रपतिलाई उठाएर भंग गरियो, विहान गरेको भए राति ६/७ बजेतिर गरेको भए पनि हुन्थ्यो’, देउवाले भने, ‘त्यस्तो किसिमको लहडमा भंग गर्न थालेपछि त के के गर्नुहुन्छ गर्नुहुन्छ, त्यसैले हामीले संसद बचाउन आवश्यक थियो।’

संविधान बनाउँदा नै कुनै हालतमा संसद विघटन गर्न नपाइने उल्लेख गरिएको भन्दै देउवाले लोकतन्त्रमा आवधिक निर्वाचनको महत्व हुने बताए।