प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना
Capital Headline
प्रकाशित मिति :
बुधबार, कार्तिक २ २०७९
4.3K
SHARES
२ कार्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
ललितपुरको मेडिसिटी अस्पतालमा नियमित स्वास्थ्य परीक्षणका क्रममा उनी अस्पताल भर्ना भएकी हुन्। अस्पताल स्रोतका अनुसार दाहाललाई आज अस्पतालमै राखिनेछ। सीता दाहाल ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) रोगबाट पीडित छन्।
पिएसपी दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट