आज बुटवलमा देउवा, प्रचण्ड र नेपालले सम्बोधन गर्दै


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
2.6K
SHARES

४ कात्तिक काठमाडौ । सत्तारुढ गठबन्धनमा आबद्ध तीन दलले चुनावी अभियान तीव्र पारेका छन् ।

यसअघि काठमाडौं-२ र  ललितपुरमा संयुक्त चुनावी अभियान गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेता आज शुक्रबार बुटवलमा जाँदैछन् ।

प्रशिक्षण कार्यक्रम भनिएको भेलामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । देउवा बिहीबार नै पोखरा पुगिसकेका छन् । शीर्ष नेताले शुक्रबार ११ बजेबाट गठबन्धन दलका कार्यकर्तालाई प्रशिक्षण दिनेछन् ।