संसदमा मानुषी जस्ता इनर्जेटिक मान्छे चाहिन्छ – प्रचण्ड
४ कात्तिक काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मानुषी यमी भट्टराईमा बच्चा बेलादेखि नैं समर्पित भएर लाग्ने गुण भएको स्मरण गरेका छन्। काठमाडौं क्षेत्र नम्बर ७ ले आयोजना गरेको शुभकामना आदनप्रदान, निर्वाचन परिचालन समिति घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मानुषी जस्ता इनर्जेटिक मान्छे भएकाले संसदमा चाहिन्छ,’ अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा भने, ‘म बच्चैदेखि चिन्छु मानुषीलाई, उहाँमा समर्पित भएर मिहेनत गरेर लाग्ने गुण छ भन्ने मैले बच्चैदेखि थाहा पाएको हुँ।’
मानुषी काठमाडौं–७ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि साझा उम्मेदवार बनेकी छिन्। उनी सहितको टिमले काठमाडौं–७ को विकासमा टेवा पुर्याउने दाबी गर्दै प्रचण्डले गठबन्धन अहिलेको आवश्यक्ता भएको जिकिर गरेका छन्।
‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन बनेको हो। गठबन्धन बन्दैगर्दा संविधान र लोकतन्त्रको रक्षाका लागि आवश्यक्ता भयो भनेर भनेका थियौं,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘अहिले मुलुकमा दुईवटा गठबन्धन छन्। एउटा अग्रगमन र अर्को पश्चगमन। ४ गतेको निर्वाचन सामान्य अवस्थाको निर्वाचनजस्तो छैन्। लोकतन्त्र र देशले जित्ने हो कि होइनरु भन्ने जवाफ जनताले दिने बेला भएको छ।’
गठबन्धन दलका विषयमा विभिन्न चर्चा भएको भन्दै कांग्रेससँग सहकार्यमा मात्र अहिलेसम्मका परिवर्तनहरु संभव भएको प्रचण्डको भनाई छ। ‘विभिन्न किसिमका प्रचार भइरहेका छन्, हामीले यो गठबन्धन अहिलेमात्र बनेको जसरी बुझ्नु उचित हुँदैन् । ०४६ सालको आन्दोलन कमयुनिस्ट र नेपाली कांग्रेसको सहकार्यकमा नै संभव भएको हो,’ प्रचण्डले भने, ‘त्यसपछि नयाँ युगतिर देशलाई लैजानका लागि संभव भएको हो।’