एमालेलाई सरकारमा जान कसैले रोक्दैन – अध्यक्ष ‌ओली


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक ४ २०७९
2.2K
SHARES

४ कार्तिक काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ गतेपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा ओलीले मुलुकलाई विकासको बाटोमा अघि बढाउन एमाले नेतृत्वको सरकार आवश्यक परेको भन्दै अबको निर्वाचनपछि एमालेलाई सरकारमा जान कसैले नरोक्ने दाबी गरेका हुन् ।

उनले चुनावपछि बन्ने एमाले सरकारले रेल भन्दा छिटो विकासले गति लिने बताए । उनले वर्तमान गठबन्धन सरकार काम गर्नका लागि नबनेको समेत धारणा राखे ।