‘बागी’लाई कारबाही गर्छौँ – प्रचण्ड
Capital Headline
प्रकाशित मिति :
शनिबार, कार्तिक ५ २०७९
2.1K
SHARES
५ कार्तिक जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘बागी’ उमेदवारलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार जनकपुरधाममा आयोजित पाँचदलीय गठबन्धनको भेलामा उनले बागीलाई उमेदवारी निष्क्रिय गर्न आग्रह गरे ।
“गठबन्धनका नेताहरूबाट पनि केही कमजोरी भएको छ । जसका कारण कतिपय ठाउँमा बागी उमेदवार देखिएको छ,” उनले भने, “समस्यालाई सम्पूर्ण रूपमा हल गर्नैपर्छ । अन्तिमपटक सम्झाउँछौँ, नमाने कारबाही गर्नेछौँ । यो परिस्थितिमा रहन दिनु हुँदैन ।”
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट