धनगढी र सुर्खेतमा सत्ता गठबन्धनको भेला, यी शीर्ष नेताले सम्बोधन गर्ने


Capital Headline
प्रकाशित मिति : आइतबार, कार्तिक ६ २०७९
2.2K
SHARES

६ कार्तिक काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले आज सुदूरपश्चिम र कर्णाली प्रदेशमा भेला गर्दै छ । ती भेलामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

आज कणालीको राजधानी सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा गठबन्धनले भेला गर्न लागेको हो । दुवै भेलालाई गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । गठबन्धनले गत शुक्रबारदेखि प्रदेशगत भेलाहरु गरिरहेको छ ।