आज सत्ता गठबन्धनको काठमाडौंमा प्रदेशस्तरीय अन्तिम भेला


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक ७ २०७९
1.8K
SHARES

७ कार्तिक काठमाडौं । सत्ता गठबन्धनको आज प्रदेशस्तरीय अन्तिम भेला काठमाडौंमा गरिँदै छ ।

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी गठबन्धनको सबै प्रदेशमा भेला आयोजना गरिएको हो ।

यसअघि ६ प्रदेशमा भेला सकिएको र आज प्रदेशस्तरीय अन्तिम भेला काठमाडौंमा गर्न लागिएको जनाइएको छ ।