यस मितिमा आउने भयो माओवादीको घोषणापत्र


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक ८ २०७९
3.2K
SHARES

८ कात्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रले आगामी मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा चुनावको घोषणापत्र तिहारलगतै ल्याउने भएको छ ।घोषणापत्रको सबै कार्य सम्पन्न भएपनि प्रावधिक कारण तिहारपछि मात्रै मतदाता समक्ष पुग्ने भएको बताएको छ ।

दलहरुले घोषणापत्र ल्याउन ढिला गरेको भन्दै आलोचना भइरहेको अवस्थामा माओवादीले समेत ढिलागरी घोषणापत्र ल्याउन लागेको हो ।‘पार्टीको घोषणापत्र लेखन र सम्पादनको काम सम्पन्न भइसकेको छ । अब थप्नुपर्ने कन्टेन्ट केही छैन । सबै तयार छ । घोषणापत्रमा केही स्केचहरु राख्नुपर्ने भएकाले ढिला भयो ।

त्यो काम भइरहेको छ’ घोषणापत्र लेखन समितिका एक सदस्यले भने, ‘तिहारलगतै पार्टीको घोषणापत्र उम्मेदवारमार्फत मतदाता समक्ष पुर्याउँछौ । त्यसपछि माओवादीको ५ वर्षे विकास र समृद्धिको रोडम्याप जनतालाई जानकारी गराउनेछौंं ।’