गोरखा आउँदा रिल्याक्स जस्तो फिल भएको छ – प्रचण्ड
१३ कार्तिक गोरखा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्यत्रभन्दा आफूले गोरखाबाट सहज फिल गरेको बताएका छन्। आइतबार विहान गोरखाको भच्चेकमा कार्यकर्तासँगको अन्तक्रियामा उनले आफू गोरखाबाट उम्मेदवार भएकोमा रिल्याक्स फिल गरेको बताएका हुन्।
उनले आफूलाई गोरखा ल्याएकोमा डा. बाबुराम भट्टराईलाई धन्यवादसमेत दिए। उनले विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गरेर आफूले संसारलाई देखाउने पनि कार्यक्रममा बताए।
‘गोरखा आउन पाएकोमा खुसी छु,’ प्रचण्डले भने, ‘यहाँ आउँदा रिल्याक्सजस्तो फिल भएको छ, म गोरखा केही सपना बोकेर आएको छु ।’