प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति,पाँच वर्षमा समाजवादको आधार तयार पार्ने


Capital Headline
प्रकाशित मिति : सोमबार, कार्तिक १४ २०७९
2.9K
SHARES

१४ कात्तिक काठमाडौ । नेकपा माओवादी केन्द्रले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्द्रले सोमबार घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्रमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्नेमा जोड दिइएको छ ।यसै गरी विभिन्न आर्थिक विकासका योजनाहरु अघि सार्दै माओवादीले पाँच वर्ष भित्र देशमा समाजवादको आधार तयार पार्ने उल्लेख गरिएको छ ।