आज एमालेले घोषणापत्र सार्वजनिक गर्दै


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९
1.9K
SHARES

१५ कार्तिक काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार दिउँसो साढे १ बजे होटेल याक एन्ड यतीमा घोषणापत्र सार्वजनिक गरिनेछ । उनका अनुसार घोषणपत्र सार्वजनिकसँगै अध्यक्ष केपी शर्मा ओलीसँग लाइभ डिबेट पनि हुनेछ ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदै छ । सोही निर्वाचनलाई लक्षित गर्दै एमालले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । नेपाली कांग्रेसलगायत दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।