एमालेको चुनावी घोषणा पत्र सार्वजनिक


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १५ २०७९
5K
SHARES

१५ कार्तिक काठमाडौं। नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गरेका हुन्।

करिब २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ। घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रष्ट्याउने प्रयास गरिएको बताइएको छ। घोषणापत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि यहीँबाट सुरु हुने एमालेले जनाएको छ।