अब संविधान परिमार्जन गरेर अघि बढ्नुपर्छ – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बुधबार, कार्तिक १६ २०७९
1.8K
SHARES

१६ कार्तिक काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान परिमार्जन गरेर अघि बढ्नुपर्ने बताएका छन्। बुधबार माओवादी केन्द्र गोरखा-काठमाडौं सम्पर्क मञ्चको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामो संघर्षपछि बनेको संविधानको संरक्षण गर्ने मुख्य जिम्मेवारी माओवादी केन्द्रकै भएको दावी गरे।

‘यो संविधानमा कैयन प्रावधान छन्। जसको कारणले राजनीतिक स्थिरता प्राप्त गर्न नसक्ने सुशासन पनि प्राप्त गर्न नसकिने अवस्था छ। जसले गर्दा भ्रष्टाचार नियन्त्रण गर्न नसकिने छ।’

प्रचण्डले भने, ‘ जनतालाई सर्वसुलभ निर्वाचन प्रणाली नहुँदा श्रमजीवी वर्ग निर्वाचनमा प्रतिस्पर्धा गर्न नसक्ने छ। त्यसका लागि संविधानको संरचनागत सुधार गर्न आवश्यक छ।’